कोरोनाबाट विश्वभर ९० हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

कोरोनाबाट विश्वभर ९० हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

Healthworker india

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन)ले बुधबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । विश्वभर स्वास्थ्यकर्मीका लागि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव विश्वभर भइरहेको समाचार आइरहेको समयमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

कोरोना भाइरसको कारण अहिलेसम्म दुई सय ६० नर्सको मृत्यु भइसकेको आईसीएनले बताएको छ । आईसीएनका सीईओ होवार्ड केटनले विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या अझै बढी हुन सक्ने बताएका छन् ।

आईसीएनले एक सय ३० मुलुकको नर्सिङ एसोसिएसनहरुले दिएको सूचनाको आधारमा उक्त आकलन गरेको हो । आईसीएनमा विश्वभरका एक सय ३० राष्ट्रिय एसोसिएसन र २ करोड दर्ता भएका नर्स आबद्ध छन् ।

विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रहरुबाट संक्रमित स्वास्थ्यकर्मीको तथ्यांक पाउन नसकिएको बताएको छ । अप्रिल ११ मा डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्यांकमा कम्तीमा २२ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको उल्लेख थियो ।

स्रोत : बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds