काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन)ले बुधबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । विश्वभर स्वास्थ्यकर्मीका लागि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव विश्वभर भइरहेको समाचार आइरहेको समयमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
कोरोना भाइरसको कारण अहिलेसम्म दुई सय ६० नर्सको मृत्यु भइसकेको आईसीएनले बताएको छ । आईसीएनका सीईओ होवार्ड केटनले विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या अझै बढी हुन सक्ने बताएका छन् ।
आईसीएनले एक सय ३० मुलुकको नर्सिङ एसोसिएसनहरुले दिएको सूचनाको आधारमा उक्त आकलन गरेको हो । आईसीएनमा विश्वभरका एक सय ३० राष्ट्रिय एसोसिएसन र २ करोड दर्ता भएका नर्स आबद्ध छन् ।
विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रहरुबाट संक्रमित स्वास्थ्यकर्मीको तथ्यांक पाउन नसकिएको बताएको छ । अप्रिल ११ मा डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्यांकमा कम्तीमा २२ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको उल्लेख थियो ।
स्रोत : बीबीसी
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’