कोरोनापछिको निर्माण !

कोरोनापछिको निर्माण !

Deepak Subedi
  • ई. दिपक सुबेदी

कोरोना (कोभिड १९) को महामारीले विश्व अहिले आक्रान्त छ । धनी राष्ट्रहरु मात्र होइन नेपाल जस्तो गरिब राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रुपमा बामे सर्दै रहेका देशहरुमा समेत यसले नराम्ररी प्रभाव पारेको छ । आर्थिक असर त देखिँदै जानेछन् । मुलुकमा समृद्धिका आधारहरु बन्दै थिए । दशकौंपछि झण्डै दुई तिहाईको बहुमतका साथ समाजवादी बिचार र सिद्धान्त बोकेको पाटी राज्य सञ्चालन तहमा पुगेको थियो । तीन वर्षमा सम्भावनाका ढोका खुलेका थिए । आशाका सञ्चार तरंगित हुँदै थियो । विकास निर्माणका योजना तथा थालनीका पक्षहरु विभिन्न सञ्चारमाध्यमबाट पढ्न पाउँदा मुलुकमा निर्माण कार्यले बामे सरेको छनक पाइएको थियो । गण्डकी प्रदेश सरकारले निर्माण सम्बन्धी कार्यको खुलासा गर्दा हौसला जागेको थियो ।

भौतिक निर्माण कार्यले गति लिन सुरु गरेको अवस्थामा कोरोनाका कारण भएको बन्दाबन्दी (लकडाउन) ले के कति असर गर्यो ? त्यसको क्षतीपूर्तिका लागि अब अरु कति समय खर्च गर्नु पर्ने हो ? चिन्ताको विषय छ । उठान गर्न खोजेको विषय के भन्दा, निर्माण कार्य सुचारु गरे सँगसँगै आर्थिक क्रान्तिमा निर्माण जगतको महत्व के कति छ भने प्रष्ट हन्छ ।

त्यसैले, यो आर्थिक क्रान्तिको बाटोलाई छिचोलेर अगाडि बढ्नु पर्ने अर्को एउटा ठूलो चुनौती हो । यो चुनौतीलाई पार गर्नका लागि स्वदेशी एवम् विदेशी निर्माण कम्पनीले ठूलै गुरूयोजनाका साथ अगाडि बढ्नु पर्ने देखिन्छ । यसरी अगाडि बढ्नलाई निर्माण व्यवसायी र नेपाल सरकारबीच घनीभूत छलफल हुन जरुरी छ । उक्त छलफल छिट्टै चलाउने छ र एउटा निर्णय निश्चय नै दिने छ ।

[bs-quote quote=”देश अनि जनताको सुरक्षार्थमा खटिएका आफूहरु अर्का एक सच्चापहरेदार हुन् भनेर देखाउने बेला पनि अहिले नै हो । अवश्य, सम्पूर्ण निर्माण व्यवसायीहरू देश बनाउने काममा अग्रपंक्तिमा रहनुहुने विश्वास छ ।” style=”style-2″ align=”left” author_name=”ई. दिपक सुबेदी ” author_job=”ईन्जिनियर एवं निर्माण व्यवसायी” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2020/05/dfdfd.png” author_link=”https://www.facebook.com/timro.kale1″][/bs-quote]

निर्माण कार्य सुचारु गरेसँगै यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण क्षेत्रहरूलाई एकितृत गरी निर्माण कार्यको सुरुवात गरेर सरकारलाई सहयोग गर्नुको विकल्प छैन । किनभने, निर्माण एउटा यस्तो क्षेत्र हो जसले गरिब मजदुरका साथसाथै ठूलाठूला उद्योग धन्दा समेतलाई जोडेको छ भन्ने कुरामा कुनै मतान्तर छैन । मजदुरको स्वास्थय सम्बन्धी कुराको पनि प्रश्न चिन्ह्र पक्कै खडा हुनेछ र उक्त प्रश्नलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी निर्माण कार्यलाई द्रुत गतिमा लान सकेको खण्डमा मजदुरहरूको लागि पनि ठूलो राहत साबित हुनेछ ।

यसैगरी, मजदुर व्यवस्थापनमा अर्को ठूलो चुनौती पनि पहाडसरी ठडिएको छ ।। साथसाथै स्थानिय स्तरमा निर्माण सामाग्रीको कति मौज्दात छ भन्ने कुराको पनि हिसाब किताब गर्नु जरुरी देखिन्छ । किनकि, कार्य प्रारम्भ सँगसँगै निर्माण कार्य स्थगन गर्नु नपरोस् भन्ने तह तरिकाका विषयमा पनि ज्ञान लिन पनि उत्तिकै जरुरी देखिन्छ ।

अन्त्यमा, यी सम्पूर्ण चुनौती पार गर्दै निर्माण व्यवसायीहरू राष्ट्र निर्माणमा हामी महत्वपूर्ण भूमिकामा छौं भनेर सन्देश प्रवाह गर्न हातेमालो गर्नुको विकल्प छैन । साथै, देश अनि जनताको सुरक्षार्थमा खटिएका आफूहरु अर्का एक सच्चापहरेदार हुन् भनेर देखाउने बेला पनि अहिले नै हो । अवश्य, सम्पूर्ण निर्माण व्यवसायीहरू देश बनाउने काममा अग्रपंक्तिमा रहनुहुने विश्वास छ ।

(लेखक सुबेदी एक ईन्जिनियर साथै निर्माण व्यवसायी हुन्)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ