गोरखामा खाद्यान्न बोकेको ट्रक दुर्घटना, चालक गम्भीर घाइते

गोरखामा खाद्यान्न बोकेको ट्रक दुर्घटना, चालक गम्भीर घाइते

accident

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भीर घाइते भएका छन् ।

गोरखाबाट आज बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट २० मिटर तल खसेको प्रत्यक्षदर्शी स्थानीय मदन पन्तले बताए । घाइते बिकको पेटमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याएको छ ।

लकडाउनको बेला केही दिन यता खाद्यान्न, निर्माण सामग्री बोकेका सवारी निर्वाद चल्न दिँदा तिब्र गतिमा हुँईकिने गरेको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds