पोखरा रंगशाला निर्माणमा लकडाउनले छेकेन , वैकल्पिक मैदानमा दुबो रोपिँदै

पोखरा रंगशाला निर्माणमा लकडाउनले छेकेन , वैकल्पिक मैदानमा दुबो रोपिँदै

pokhara rangasala

पोखरा । निर्माणाधीन पोखरा रंगशालाको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ। रंगशालाको फुटबल मैदान निर्माण अन्तिम चरणमा पुगेको छ भने वैकल्पिक फुटबल मैदान सम्याएर अहिले दुबो रोप्न काम भइरहेको छ ।

रंगशाला निर्माणमा अहिले पनि दैनिक झण्डै ८० जना मजदूरले काम गरिरहेका छन्। वैकल्पिक मैदान निर्माणको काम चैत देखि निर्माण सुरू भएको हो । यो मैदान ११५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको छ।वैकल्पिक मैदानमा चेन्जिङ रूम, शौचालय र मञ्च समेत निर्माण गरिँदैछ । यो मैदान निर्माण भएपछि स्थानीय र क्लबस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न समेत सहज हुनेछ।

पोखरा रंगशालाको मुख्य फुटबल रंगशालाको काम पनि अन्तिम चरणमा पुगेको छ । केही भवन बनाउन बाँकी रहे पनि मैदान र प्यारापिटको काम भने सकिनै लागेको छ । अहिले लकडाउनका समयमा मजदूरलाई बिहानको खाना र खाजा खुवाएर काममा लगाइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ