फेवातालमा ३ दिनमा दुईको मृत्यु, सराङकोटका राजु आज मृत भेटिए, एकको पहिचान खुलेन (भिडियोसहित)

फेवातालमा ३ दिनमा दुईको मृत्यु, सराङकोटका राजु आज मृत भेटिए, एकको पहिचान खुलेन (भिडियोसहित)

fewatal deathhh

पोखरा । फेवातालमा तीन दिनमा दुई जनाले ज्यान फालेका छन् । शुक्रबार एक पुरुष नांगै फेवाताल बीचमा पुगेर जानाजान डुबेका थिए भने आइतबार पोखरा १८ सराङकोट, ग्यारका ४१ वर्षीय राजु बास्तोला मृत भेटिएका हुने ।

पैदलयात्रीले बिहान हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र नजिकै ताल किनारमा शव तैरिरहेको देखेपछि नजिकै हिँडिरहेका प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको छ ।

आफन्तका अनुसार राजु टुरिष्ट गाइड हुन् । उनको पोखराको बाग्लुङ बसपार्कमा पसल छ । उनी बिहान तरकारी किन्न भन्दै घरबाट बाहिर निस्किएको बताइन्छ । श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नरहेकाले आत्महत्या गरेको अनुमान ति नातेदारको छ ।

Photo: Subash Pahari

शुक्रबार डुबेका पुरुषको पहिचान खुलेन

यसअघि, गएको शुक्रबार तालमा डुबेर एक पुरुषको मृत्यु भएको थियो । उनको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । सबैले देख्ने गरी कपडा सबै फुकालेर नांगै तालमा पुगेका ति पुरुष तालमा बीचतिर पुगेपछि आफै बाईबाई गरी डुबेका थिए ।

प्रहरीका अनुसार उनलाई किरण भनेर चिनिन्छ । मानसिक अवस्था ठीक नभएको बुझिएको छ । उनले लामो कपाल र दाह्री पालेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ