पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण

पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण

ranjit

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी सेल्फ आइसोलेशनमा छन् । फेसबुकमा भिडियो मार्फत् उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले भनेका छन्, ‘मलाई कोरोनाको पोजेटिभ छ । संक्रमण भएको पाँच दिन भयो ।’ उनले आफू सामान्य अवस्थामा रहेको र तातो पानी पिइरहेको बताएका छन् ।

संक्रमण भएपछि कहिलेकाहीं सुख्खा खोकी लाग्ने गरेको बताए । खाना खाने र जगिङ गर्ने गरेको सुनाए । उनले आफ्ना शुभचिन्तकहरुलाई नआत्तिन समेत भनेका छन् । उनले भने, ‘नडराउनु होला । डराउनुपर्ने छैन नर्मल लिदा हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ