पोखरा । सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल ३६ उद्योग सञ्चालनमा आएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले जानकारी दिए।
‘सरकारले औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनका लागि अनुमति दिए पनि स्वास्थ्य सुरक्षा एवं अधिकांश कामदार घर गएकाले पूरै उद्योग सञ्चालनमा आउन सकेका छैनन्’, उनले भने, ‘उद्योग खोल्न भने पनि सहज वातावरण छैन, कतिपय कच्चा पदार्थ भारतलगायतका स्थानबाट ल्याउनुपर्छ, भैरहवाबाट पोखरा आउन दुई–तीन दिन लाग्ने गरेको छ ।
बीचबीचमा रोकिन्छ तर सुरक्षा सतर्कताका लागि भरपर्दो जाँच हुनसकेको छैन, मजदुर पनि ढुक्कले काममा आउन सकेका छैनन्, उद्योग सञ्चालकहरुमा पनि एक प्रकारको त्रास छ ।’ उनले औद्योगिक क्षेत्रमा करिब दुई हजार ५०० देखि तीन हजारसम्म मजदुर कार्यरत रहे पनि अहिले झण्डै एक हजार १०० कामदार मात्रै काममा फर्केको बताए ।
सञ्चालनमा आएका उद्योगमा अहिले पानी, बिस्कुट, मसला, अक्सिजन, दूधडेरी, मेटल उद्योग सञ्चालमा रहेको र चाउचाउ, ह्याण्डवास, प्याकेजिङ, मेटल फ्रेविकेशनलगायतका उद्योग छन् । उपाध्यायले औद्योगिक क्षेत्रको गेटमा कार्यरत मजदुरको स्वास्थ्य सतर्कताका लागि ‘हेल्थ डेस्क’ आवश्यक रहेकोबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि पहल नभएको गुनासो गरे। उनले भने, ‘अहिलेको अवस्था जटिल छ, प्रवेशद्धारमा एउटा हेल्थ डेस्क राख्दा राम्रो हुने थियो, तर सुनुवाइ भएन ।’
रासस
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी