लिपुलेक सिक्किमीकरणमा नेपाली लेन्डुप जन्मेकै हुन् त ?

लिपुलेक सिक्किमीकरणमा नेपाली लेन्डुप जन्मेकै हुन् त ?

rasis

रसिस भण्डारी । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो बनाएको कुरा भारतीय संघीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्स मार्फत उद्घाटन गरेको समाचार आएपछि मात्र नेपाल सरकारले थाहा पाएको खबर छ ।

लिपुलेक र कालापानीको चट्टानी पहाडहरुमा भारतीय सेनाद्वारा विष्फोटन गर्दै र हेलिकप्टरबाट सामान ढुवानी गर्दै विगत दुई वर्ष देखि निरन्तर रूपमा चलिरहेको उक्त सडक निर्माण कार्यको बारेमा नेपाल सरकारलाई बल्ल थाहा भएको कुरा आफैँमा अचम्म लाग्दो छ ।

रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो मार्फत अब भारतीय तिर्थयात्रिलाई मानसरोवर दर्शन गर्न सजिलो हुने बताउँदै सडक उद्घाटन गरेको समाचार आएपछि मात्र सो क्षेत्रमा भारतीय गतिविधि भएको कुराआफुले विभिन्न पत्रपत्रिका र संचार माध्यमहरुबाट थाहा पाएको नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन्।

अघिल्लो वर्ष भारतले लिपुलेक र कालापानी क्षेत्रलाईआफूमा समावेश गरेर नक्सा प्रकाशित गरेको थियो जसको नेपालमा विरोध गरिएको थियो ।

अचम्मको कुरा त के भने २०२० को नेपालको यो अवस्था र १९७५, जतिबेला भारतको प्रान्त सिक्किम आफैमा एउटा सार्वभौम मुलुक रहेको थियो, दुवैको अवस्था एउटै रहेको पाइन्छ । सिक्किममा पनि १९७५ मा राजतन्त्रको अन्त्यसँगै बहुमतको सरकार गठन भएको थियो ।

नेपालमा आएको गणतन्त्र पनि भारतीय योगदान नै मानिँदै आएको छ । संविधान संशोधन मार्फत तराइ र पहाड बीच द्वन्द्व चर्काउन भारत कस्सिएको छ ।

सम्प्रदायिक मुद्दा पनि त्यसरी नै उजागर गरिएको पाइन्छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई खुसी पार्न पनि निकै प्रयास गरिरहेका छन् ।

उनले चुनाव लगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणका लागि पठाएका थिए र त्यसको केही महिना पछि उनी आफैँ नेपाल भ्रमणका लागि आएका थिए ।

नेपाल माथिको भारतीय हस्तक्षेप २००७ सालमा प्रजातन्त्र स्थापनादेखि नै सुरु भएको हो ।बीचमा राजा महेन्द्रले र राजा बीरेन्द्रले यस लाई केही निस्तेज पार्न खोजे पनि नेपाल माथि सिक्किमिकरणको प्रयास अझैपनि जारी छ ।

सिक्किमलाई भारतमा विलय गराउन लेन्डुप दोर्जेको मुख्य भूमिका रहेको थियो । लेन्डुप दोर्जे नेपाली राजनीतिमा निकै चर्चित नाम हो ।नेताहरुले आफ्नाप्र तिपक्षीनेता लाई बेलाबेलामा ‘लेन्डुपदोर्जे’को संज्ञा दिएर आरोप प्रत्यारोप गरेको निकै सुनिन्छ ।

सिक्किम लाई भारतमा विलय गराएका लेन्डुप दोर्जेलाई देशद्रोह र गद्दारीको पर्याय मानिन्छ । लेण्डुपले ४१ वर्षको उमेरमा सिक्किम प्रजामण्डल नाम गरेको पार्टीको स्थापना गरे जसको अध्यक्ष उनी स्वयं थिए ।त्यसको ८ वर्षपछि उनले आफ्नो पार्टीलाई सिक्किम स्टेट काङ्ग्रेसमा विलय गराए र नयाँ पार्टीको अध्यक्ष बने ।

त्यसपछि उनी भारत भ्रमणमा गएका थिए ।त्यहाँ उनले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू सँग भेट गरे ।

उक्त भ्रमणपछि उनको राजनीतिक एजेण्डामा एका एक परिवर्तन आउन थाल्यो ।लेन्डुपले राजतन्त्र विरुद्ध चर्को आवाज उठाउन थाले । उनले एकाएक आफूलाई सानै उमेरमा ‘काजी’ पदावधि दिलाउने राजाका विरुद्धमा उत्रन थाले ।

सिक्किममा राजतन्त्र रहेसम्म उसलाई आफूमा विलय गराउन नसक्ने कुरा भारतले राम्रोसँग बुझेको थियो ।त्यसैले उसलाई आफ्नो इशारामा चल्ने एक सिक्किमेली नेताको आवश्यकता थियो र लेन्डुप दोर्जे भारतको ‘गोटी’ बन्नपुगे ।

भारतको समर्थन पाएको ‌लेण्डुपको पार्टीले सिक्किममा भएको सन् १९५८ को निर्वाचनमा २० मध्य ८ सिट जित्न सफल भयो ।

यसैबीच भारतले सिक्किममा रहेका लेप्चा, भोटे र नेपालीभाषीका बीचमा साम्प्रदायिक द्वन्द्व चर्काउन थाल्यो । ‌लेण्डुपले भारतको इशारामा सिक्किममा जातीय द्वन्द र अस्थिरता मच्चाउन थाले ।

त्यसपश्चात सन् १९७३ मा भएको चुनावमा लेण्डुपको सिक्किम राष्ट्रिय कांग्रेसले १८ मध्ये ५ सिटमा मात्र सफलता हात पारेको थियो । उक्त चुनाव पश्चात ५ सिट जितेको सिक्किम राष्ट्रिय कांग्रेसर २ सिट जितेको सिक्किम जनता कांग्रेसले चुनावमा धाँधली भएको भन्दै निर्वाचन आयोगका पदाधिकारीहरु लाई कारबाही गर्न माग गरे ।

उनीहरूको माग पूरा नभएपछि भारतको सहयोगमा उनीहरुले सिक्किममाआन्दोलन गर्न थाले । फलस्वरूप सिक्किमकाराजाचोग्याल, सिक्किमका राजनैतिक दलहरू र भारत सरकार बीच त्रिपक्षीय वार्ता गरियो ।उक्त वार्ताले भारतले पठाएको प्रमुख कार्यकारीको निर्देशनमा सिक्किममा एउटा जीम्मेवार सरकार गठन गर्ने निष्कर्ष निकालेको थियो ।

त्यस पश्चात सिक्किममा सन् १९७४ मा आम निर्वाचनको घोषणा भयो जसमा सिक्किम जनता कांग्रेस दोर्जेको सिक्किम राष्ट्रिय कांग्रेससँग विलय भएर चुनावमा होमिएको थियो ।

१९७४ को निर्वाचनमा सिक्किम राष्ट्रिय कांग्रेसले ३२ मध्य ३१ सिट प्राप्त गर्यो र बहुमत सरकारको प्रधानमन्त्री बने लेन्डुप दोर्जे ।

भारतीय हस्तक्षप सँगै सिक्किमको दुईतिहाई संसदले सिक्किम लाई भारतमा विलय गराउने निर्णय गर्यो । यसरी सिक्किम एउटा छुट्टै स्वाधीन राष्ट्रबाट छिमेकी राष्ट्रभारतको एउटा प्रान्तको रुपमा स्थापित भयो र त्यहाँका प्रधानमन्त्री लेन्डुप दोर्जे भारतको प्रान्त सिक्किमका मुख्यमन्त्री बने ।

यसरी लेन्डुपदोर्जी लाई भारतले थुप्रै राजनीतिक नाटक मञ्चन गर्न लगाउँदै सिक्किमलाई आफूमा विलय गराएको थियो । लेन्डुपको काम सकिएपछि भारत सरकार उनलाई सिध्याउन लागिपर्यो र १९८० मा भएको सिक्किम प्रान्तको निर्वाचनमा लेण्डुपको पार्टीलाई अस्तित्व नै नरहने गरी हराइयो ।

सत्ताच्युत भएपछि विक्षिप्त बनेका लेन्डुपले सिक्किमलाई भारतमा विलय गराएकोमा पछुतो माने तर त्यतिबेला सम्म ढिलो भइसकेको थियो ।

भारतको नेपाल माथिको हस्तक्षेप र नेपाली नेताहरूको शैली देख्दा नेपालमा पनि नेताहरुमाझ ‘लेन्डुपदोर्जे’ बन्न होडबाजी चलेको छ कि भन्ने लाग्न थालेको छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना गरेका नेपाली जनताले २०१७ सालदेखि पञ्चायत भोग्नुपर्यो । त्यसपश्चात २०४६ मा फेरी पनि आन्दोलन गरेर प्रजातन्त्रको पुनर्वहाली गरे।पटकपटकको आन्दोलन पश्चात पनि प्रजातन्त्र महसुस गर्न नपाएपछि अन्ततः २०६३ साल मा नेपाली जनतालाई राजतन्त्रको नै अन्त्य गरिदिए तर स्मरण रहोस्यी सबै घटनामा भारतको योगदान रहेको छ र यी सबै कामहरु भारतीय ‘डिजाइन’मानै सम्पन्न भएका हुन् ।

भारतीय नाकाबन्दी, मधेसबादी दल लाई उकास्नु, साम्प्रदायिक र जातीय मुद्दालाई उठाएरअस्थिरता ल्याउनु, संविधान संशोधन गर्न बाध्य बनाउनु जस्ता घटनाहरु बाट नेपाललाई पनि भारतले सिक्किमीकरण गर्न खोज्दैपोछ कि भनेर सोच्न बाध्य बनाउँछ ।

गणतन्त्र स्थापनाको सम्झौता नै दिल्लीमा गरिनुले उक्त संका लाई अझ मजबुत बनाउँछ ।

नेपाली नेताहरु बेलाबेलामा दिल्ली धाउनु र भारतले नेपालको राजनीतिमा सोझै हस्तक्षेप गर्नु जस्ता क्रियाकलापले नेपालमा पनि भारतद्वारा सहि ‘लेण्डुप’को खोजी भइरहेको छ कि भने रनेपाली जनतालाई झस्काएको छ ।

आजको समयमा नेपाली जनताले आफ्नो सार्वभौम सत्तार राष्ट्रियता जोगाउनका निम्तिस समय मै नेपालमा भारतद्वारा खटाइएको ‘लेन्डुप’ पहिचान गर्न आवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ