भारतबाट पोखरा आइपुगेका अभिषेक प्रहरी देखेर किन तेस्रो तल्लाबाट हामफाले ? (हेर्नुहोस् भिडियो)

भारतबाट पोखरा आइपुगेका अभिषेक प्रहरी देखेर किन तेस्रो तल्लाबाट हामफाले ? (हेर्नुहोस् भिडियो)

Abhisek

Pic. सुमन ढुंगाना

पोखरा । लकडाउनका बीच चलाखीपूर्ण ढंगले भारतबाट पोखरा भित्रन सफल भएका अभिषेक बस्नेत आफू बसेककै घरमा प्रहरी आएपछि तेस्रो तल्लाबाटै हामफाले । सोलुखुम्बुका २३ वर्षका बस्नेत परिवार पोखरा महानगरपालिका–८ ईन्द्रपुरी टोलमा बस्छन् । आमाबाबुले भाडामा लिएको कोठामा मंगलबार बिहान ९ बजे आइपुगेका थिए । भारतबाट युवा पोखरा आइपुगेको थाहा पाएपछि स्थानीयवासीले प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए। त्यसपछि पोखरा ८ का वडाध्यक्ष रूद्रनाथ बराल प्रहरी टोलीसहित बस्नेत बसेको घर पुगेका थिए ।

गेट खोल्ने बित्तिकै प्रहरीले समातेर क्वारेन्टाइन लैजाने डरले उनी तीन तलामाथिबाट हाम फालेर भाग्ने प्रयास गरे । तर उनी उम्कन भने सफल भएनन् । बरु आफैं घाइते भएर अस्पताल पुग्नुप¥यो । माथिबाट हामफाल्दा बस्नेत तल टिनमा परेका थिए। उनको दाहिने खुट्टामा सामान्य चोट लागेको छ । प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेपछि उनले सञ्चारकर्मी सामु आफूबारे बेलिबिस्तार लगाएका थिए ।

उनी करिब ३ महिना अगाडि भारतको कर्नाटक गएका थिए । कोरोना संक्रमणले महामारीले उग्ररुप लिँदै गएपछि विभिन्न देशमा लकडाउन सुरु भयो । नेपालसहित भारतमा पनि भयो । बैंगलुरूमा काम गरिरहेका उनको काम बन्द भयो । त्यसपछि नेपाल जाने सुर कसे । लकडाउनको समयमा उनले निकै सास्ती खेपे । कर्नाटकबाट अत्यावश्यक सेवाका गाडी र पैदल नै समेत नेपालको सीमावर्ती बिहारमा आईपुगे । अभिषेक भारतबाट आउने क्रममा बिहारको क्वारेन्टाइमा समेत बसेका थिए । तर उक्त क्वारेन्टाइबाट ३ सय नेपाली भागेका थिए । जसमा अभिषेक पनि एक हुन् । उनी १२ दिन लगाएर लुक्दै छक्याउँदै पोखरा आइपुगेका हुन् । रक्सौल आसपासको चोरबाटोबाट नेपाल छिरेका बस्नेत तरकारी बोकेको गाडीमा खलासी बनेर पोखरा छिरेका हुन् ।

सीमामा भारतीय प्रहरीलाई पाँच सय आईसी घुस खुवाउँदै आएको, कति ठाउँमा पिटाई खानुपरेको समेत उनले सुनाए । भारतीय प्रहरीको भाटा सम्झेर यहाँ पनि प्रहरीदेखि भाग्न खोजेको उनले प्रतिक्रिया दिए ।

उनको गण्डकी अस्पतालमा उपचार गराएर पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठानमा लगेर श्वाब संकलन गरिएको छ । स्वाब परीक्षणको रिपोर्ट बुधबार मात्र आउने प्रतिष्ठानले जानकारी दिएको छ । अहिले उनलाई क्वारेन्टाइनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ