पोखरा हुँदै बाग्लुङबाट वीरगञ्ज गएका १४ जनामा कोरोना पुष्टि, बसमा ४२ जना

पोखरा हुँदै बाग्लुङबाट वीरगञ्ज गएका १४ जनामा कोरोना पुष्टि, बसमा ४२ जना

पोखरा – बाग्लुङबाट गलकोट, हटियाबाट पर्सा गएका ४२ जना कामदार मध्ये १४ जनामा कोरोना देखिएको छ । पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेकामध्ये १४ जनामा कोरोना संक्रमण पाइएको छ ।

लोकान्तर डटकमका पत्रकार अजय अनुरागीका समाचार अनुसार संक्रमित १४ जनाको समूह १७ दिनअघि वैशाख १३ गते बस चढ़ेर बाग्लुङबाट पोखरा हुँदै त्यहाँ पुगेका थिए । बसमा ४२ जना थिए ।

संक्रमितहरू बाग्लुङमा काम गर्दै आएका मजदुर हुन् । संक्रमितमध्ये १ जना भारतीय नागरिक रहेको, २ जना पर्सा जिल्लाकै धोबिनी गाउँपालिकाका र बाँकी ११ जना छिपहरमाई गाउँपालिकाका हुन् ।

बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै एक जनामा उच्च ज्वरो देखिएको थियो त्यहाँका प्रमुख जिल्ला अधिकारीले आइसोलेसनमा राख्ने व्यवस्था नगर्दा क्वारेन्टाइनमै सबै बस्नुपरेको थियो । त्यसकारण पनि १४ जनामा संक्रमण हुन पुगेको आशंका गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ