गोरखामा लकडाउन कडाइ, जेठ ५ सम्म एम्बुलेन्सबाहेकका सवारी साधनलाई रोक !

गोरखामा लकडाउन कडाइ, जेठ ५ सम्म एम्बुलेन्सबाहेकका सवारी साधनलाई रोक !

gorkha

गोरखा – जेठ १ गतेदेखि ५ गतेसम्म विरामी बोकेका एम्बुलेन्सबाहेकका सवारी साधनलाई जिल्ला भित्रन र बाहिरिन नदिइने भएको हो। खाद्यान्न, निर्माणजन्य सामग्री ल्याउँदा कोरोना जोखिम बढेको भन्दै नियन्त्रण गर्न लागिएको हो।

प्रशासनले गृहको निर्देशनअनुसार इपासलगायत सबैखाले पास रद्द गरिदिएको छ।जनप्रतिनिधिलाई भने जिल्ला बाहिर जान र भित्रन बाधा छैन।

खाद्यान्नलगायत सामग्री आयात गरिने जिल्लामा कोरोना देखिएकोले उच्च सतर्कता अपनाउनुपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको भनाइ छ।

लकडाउन केही खुकुलो भएको भन्दै सञ्चालनमा आएका बैंक तथा वित्तीय संस्था पनि पूर्णरूपमा बन्द गर्न प्रशासनले आग्रह गरेको छ।

यस्तोखाल्को लकडाउन अरु जिल्लामा पनि गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds