पोखरा । लियो क्लब अफ पोखरा फिस्टेल सिटी बर्ष २०२० र २१ को अध्यक्षमा बिदुर सापकोटा सर्वसम्मत चयन भएका छन् । कोरोना प्रभावका कारण बन्दाबन्दी नियम पालना गर्दै बुधबार क्लबले अनलाइन बैठक नै राखेर नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाका नवौं अध्यक्षमा निर्वाचित सापकोटा यसअघि द्वितीय उपाध्यक्ष थिए ।
प्रथम उपाध्यक्षमा सन्तोष बराल, द्वितीय उपाध्यक्षमा महेन्द्र अधिकारी, तृतीय उपाध्यक्षमा आशिष लामिछाने, सचिवमा नवीन ढकाल, कोषाध्यक्षमा रोनिश रानाभाट, सह(सचिवमा सन्दिप लामिछाने,सह( कोषाध्यक्षमा सौगात घिमिरे,पब्लिक रिलेशन अफिसरमा बिबेक सापकोटा,टेल ट्विस्टरमा सुलोचना पौडेल, ट्यामरमा अमृत सुवेदी, मिडिया पर्सनमा बिजय खनाल,आईटी एन्ड टुरिज्म पर्सनमा नवराज तिवारी, प्रमुख सचेतकमा गणेश बराल र व्यवस्थापकमा बिशाल बराल चयन भएका छन् ।
क्लबका निबर्तमान अध्यक्ष अशोक बरालको अध्यक्षतामा भएको बैठकले थप विभागमा समेत प्रमुख तोकेको छ । प्रमुख कार्यक्रम संयोजकमा बिजय पौडेल, स्वास्थ विभागमा नबराज पौडेल , शिक्षा विभागमा लियो ओम प्रकाश बिश्वकर्मा,कोष अभिवृद्धि संयोजकमा ठाकुर पौडेल, सदस्यता अभिवृद्धि संयोजकमा बिकाश बराल चयन गरेको क्लबका निबर्तमान अध्यक्ष अशोक बरालले जानकारी दिएका छन् ।
‘एक व्यक्ति, एक वर्ष, एक पद’ को मान्यता अनुरुप हरेक वर्ष क्लबले नयाँ कार्यसमिचि चयन गर्ने गर्दछ । चुनौती र अवसरको यस समयमा आफूलाई थप जिम्मेवारी सहित नेतृत्व सम्हालेका सापकोटाले आगामी कार्यकाल सफल र सभ्य बनाउन सबै साथीहरुलाई नयाँ जिम्मेवारी दिएको र सबैको साथ सहयोगबाट नै आउँदो बर्ष सफल बन्नेमा आफू विश्वस्त रहेको बताए ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?