तनहुँको अधेरीखोलामा ट्याक्टरबाट खसेर मजदुरको मृत्यु

तनहुँको अधेरीखोलामा ट्याक्टरबाट खसेर मजदुरको मृत्यु

Death

तनहुँ । तनहुँको भानु नगरपालिका–१ अधेरीखोला स्थित डुम्रे बेशीसहर सडक खण्डमा ट्याक्टरबाट खसेर मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाको भन्सारका १८ वर्षीय नविन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भन्सारबाट पुर्कोटतर्फ जार्दै गरेको ग १ त ५५०२ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए ।

घाइते परियारको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेकको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ