भारतको जङ्गलमा नेपाली भोकभोकै, अलपत्र अवस्थामा !

भारतको जङ्गलमा नेपाली भोकभोकै, अलपत्र अवस्थामा !

Gandaknews Cover

मुगु – भारतको बनबासास्थित खरीमा बजार नजिकैको ठाँउ र बरेलीको जङ्गलमा रहेका मुगु जिल्लाका विभिन्न बस्तीका ४०–४५ जना अलपत्र रहेको जनाइएको छ ।

भारतमा रोजिरेटीका लागि मजदूरी गर्न गएका मुगालीहरु यतिखेर जङ्गलमै अलपत्र परेका छन् ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण लकडाउन भएपछि आफ्नो जन्मथलो फर्कने क्रममा उनीहरु आइतबार रातिदेखि भारतको जङ्गलमा अलपत्र परेका छन् ।

भारत सरकारले लकडाउन गरेपछि नेपाल आउन मुगालीहरु हिँडेरै सीमानाका वनवासातर्फ आएका थिए । सो क्रममा भारतीय सुरक्षाकर्मीहरुले कुटपिट गरेर बिचल्ली बनाएको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।

त्यसपछि मुगु जिल्लाका प्रतिनिधि सभा सदस्य मोहन बाहियाँले संकटका बेला भारतीय सुरक्षाकर्मीले कुटपिट गरी अमानवीय हर्कत देखाएको भन्दै नेपाल सरकारलाई उनीहरुको तुरुन्त उद्धार गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ