तनहुँ । तनहुँको १० वटा स्थानिय तहमा कम्तिमा ५०/५० बेड सहितको अत्याधुनिक र व्यवस्थित क्वारेन्टाइन बनाइने भएको छ । कोरोना भाइरस (कोभिड १९) जिल्ला व्यवस्थापन समिति र जिल्ला स्तरीय आपूर्ति अनुगमन समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बैठकमा जिल्ला स्थित राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।
भानु नगरपालिकामा शारदा कलेज, व्यास नगरपालिकामा आदिकवि भानुभक्त क्याम्पस, आँबुखैरेनी गाउँपालिकामा मित्रता मा.वि., बन्दिपुर गाउपालिकामा रत्नराज्य नि.मा.वि.मा विदेश तथा अन्य ठाउँबाट आएका लाई राखिने भएको छ ।

त्यस्तै रिसिङ गाउँपालिकामा शुक्ला मा.वि.मा , म्याग्दे गाउँपालिकामा मिन मा.वि.मा , शुक्लागण्डकी नगरपालिकामा भानुभक्त क्याम्पसमा, भिमाद नगरपालिकामा जनज्योती क्याम्पसमा , घिरिङ गाउँपालिकामा चन्द्रज्योती मा.वि. र देवघाट गाउँपालिकामा गाउँपालिकाले निर्णय गरे बमोजिमको विद्यालयमा क्वारेन्टाइन निर्माण गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।
तनहुँमा ६५ जना क्वारेन्टाइनमा
तनहुँका स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा ६५ जना रहेका छ्न । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन समयअवधिमा भारतीय सिमाक्षेत्रमा आइबसेका तथा बाहिरी जिल्लाबाट उद्धार गरी ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
यसरी उद्धार गरी ल्याइएकाहरु मध्ये २५ जनाको कोभिड-१९ संक्रमण परीक्षणका लागि मंगलबार थ्रोट स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
जिल्लाको व्यास नगरपालिकामा २९, भानु नगरपालिकामा ९, आँबुखैरेनी गाउँपालिकामा २, देवघाट गाउँपालिकामा ३, घिरिङ गाउँपालिकामा १५, म्याग्दे गाउँपालिकामा ३, बन्दीपुर गाउँपालिकामा २, रिसिङ गाउँपालिकामा २ जना गरी ६५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विदेशबाट चैत्र १ गतेपछि ९११ जना जिल्ला आएका छन् ।
सबैको रिपोर्ट नेगेटिभ
यस्तै, यस अघि दमौली अस्पतालबाट २४ पुरुष र १५ महिला गरी ३९ जनाको स्वाब संकलन गरी कोभिड-१९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
लकडाउनका समयमा जिल्ला प्रवेश गर्ने ५८८ पुरुष र ८२ महिलाहरु गरी ६७० जनाको रगतको नमुना लिएर र्यापिड टेस्ट किटमार्फत कोरोनाको द्रुत परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाभित्र आइपर्ने आवश्यक समयका लागि २७ एम्बुलेन्स, ९६ थर्मल गन, १९४ क्वारेन्टिन, ४२ आइसोलेसन बेड, ४६६ पिपिइ र ६२ वटा हेल्थ हेल्प डेक्सको व्यवस्थापन गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?