पोखरा । अनलाइन सपिङ स्टोर ग्यापु मार्केटप्लेस र मेरो एग्रो प्रालिले करेसाबारी र कौसी खेतीबारे निशुल्क अनलाइन तालिम दिने भएका छन।
शुक्रबार दिउँसो चार बजे जुम मिटिङरुममा सुरु हुने तालिम सप्ताहिक रुपमा एक महिना सम्म चल्ने छ। तालिम ग्यापु मार्केटप्लेसको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिने छ।
इच्छुक जो कोहि तालिममा सहभागी हुन सक्नेछन्। जुम मिटिङको आइडी 857 0792 9547 र पासवर्ड agrogyapu रहेको छ।
तालिममा अर्ग्यानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइने मेरो एग्रो प्रालिका निर्देशक एस के श्रेष्ठले जानकारी दिए ।
तालिममा स्थानिय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने श्रेष्ठले बताए । भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरि मल बनाउन विधि समेत तालिममा सिकाइने छ।
खेती गर्न इच्छुक तर बीउ र मल नहुने ग्राहकलाई घरैमा डेलिभरी गरिने ग्यापु मार्केटप्लेसका निर्देशक ज्ञानेन्द्र खड्काले बताए ।
लकडाउनले गर्दा फुर्सदिला ब्याक्तीहरुलाई समय अनुसारको तरकारी खेती सम्बन्धि तालिम दिई बाँझो वारि र कौसीको सदुपयोग गर्न सिकाउन तालिमको आयोजना गरिएको खड्काले बताए।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु