बिरामी लिएर दमौली आउँदै गरेको सुमाे दुर्घटना, चालक सहित २ जना घाइते

बिरामी लिएर दमौली आउँदै गरेको सुमाे दुर्घटना, चालक सहित २ जना घाइते

Sumo Accident

तनहुँ । बिरामी लिएर दमौली आउदै गरेको सुमो दुर्घटना भएको छ । बिहिबार व्यास -११ जामुने टोलमा ग २ च ५७५८ नम्बरको सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा परि २ जना घाइते भएका छ्न । दुर्घटनामा परि सवारी २४ वर्षीय चालक व्यास-५ का आनन्द कुमाल र बिरामीको आफन्त व्यास -१ का २४ वर्षीय शिव थापा घाइते भएका छन ।

चालक आनन्द कुमाललाई तनहुँसुर स्वास्थ्य चौकी बेलटारीमा सामान्य उपचार पश्चात थप उपचारको लागि दमौली पठाइएको स्वास्थ्यकर्मी गिता रखाली मगरले जानकारी दिइन ।

बिरामी भने सकुसल रहेका छन् । उक्त सवारी सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो । सुमोको ब्रेक फेल भएर दुर्घटना भएको चालक कुमालले बताए ।

तस्बिर : गिता रखाली मगर

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ