डोनाल्ड ट्रम्प भन्छन्– ‘चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ’

डोनाल्ड ट्रम्प भन्छन्– ‘चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ’

trumpp-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् । किनभने, उनकै शव्दमा– अमेरिकामा प्रार्थनाको आवश्यकता छ ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’

कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ । अमेरिकामा कोरोनाबाट १६ लाख बढी संक्रमित छन् भने ९५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । मृतक ९५ हजार पुगेलगत्तै ट्रम्पले ट्वीट गरेर शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका थिए ।

मार्च महिनामा प्रान्तहरुमा गभर्नरको आदेश थियो कुन व्यापारिक प्रतिष्ठान वा स्थान कसरी र कति सयसम्म बन्द रहने भनेर । अहिले गभर्नरले नै कहिले र कसरी प्रतिबन्ध खुकुलो गर्ने भन्ने तय गर्छन् । यसमा चर्चमा भेला हुने सीमा पनि समावेश छ ।

यद्यपि अमेरिकी राष्ट्रपतिसमक्ष धेरै शक्ति केन्द्रित गरिएको हुन्छ तर उनी केही नरम खालका छन् । अमेरिकी राष्ट्रपतिले राज्यपाललाई सहमत गराउन सक्छन् चर्च खोल्न निर्देशन दिन सक्दैनन् ।

चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही यस्ता अधिकार छन् जसबाट उनले आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन् ।

जस्तै उनले प्रान्तलाई प्राप्त हुने सहायता कटाती गर्न सक्छन् । तर अहिलेसम्म उनीबाट त्यस्तो धम्की आएको छैन । यदि उनले त्यस्तो धम्की दिए भने त्यसबाट राजनीतिक रुपमा उनलाई नै नोक्सान हुनेछ, किनभने राष्ट्रपतिको चुनाव नजिकिँदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds