पोखरामा पारस चढेको गाडीको ठक्करबाट गोरु ठहरै

पोखरामा पारस चढेको गाडीको ठक्करबाट गोरु ठहरै

paras pokhara jpg

फाइल फोटो

लामो समयदेखि पूर्वयुवराज पारस शाह पोखरामै छन् । कहिले युट्युबर सोनिया रोकायासँग, कहिले माझी बस्तीमा राहत वितरणका चर्चा परिचर्चा भइनै रहेको छ । मुटुरोगी पारसले थाइल्याण्डमै हुँदा पुनर्जिवन पाए, अझै उनमा स्वास्थ्य समस्या रहेको निकटका मित्रहरु बताउँछन् । शुक्रबार राति २ बजेतिर अकस्मात श्वास फेर्न गाह्रो भएपछि उनलाई आफ्ना मित्रहरुले अस्पताल लगे ।

पृथ्वीचोकमा मध्यरात २ बजेतिर उनी चढेको बा १४ च २१३१ नम्बरको गाडीले गोरुलाई ठक्कर दियो । प्रहरीका अनुसार गाडी उनले चलाएका भने थिएनन् । पारससहित ३ जना सवार थिए । गोरु मरे पनि गाडीमा सवार सबै सकुसल रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

डिएसी यादव ढकालका अनुसार गाडी अशोक गुरुङले हाँकेका हुन् । दुर्घटना केसमा चालक जिम्मेवार हुने र सवार यात्रु घाइते नभएका कारण यसतर्फ चासो नदिएको उनको भनाई छ । चालक भने प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको स्वास्थ्य रिपोर्टमा मापसे नदेखिएको पनि प्रहरीले जनाएको छ । उपचारको लागि जाँदैगर्दा दुर्घटना भएको र सामान्य रहेको भन्दै उनले थप अनुसन्धान भइरहेको जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ