तनहुँको गुणादीमा करेन्ट लागेर ५४ वर्षीया महिलाको मृत्यु

तनहुँको गुणादीमा करेन्ट लागेर ५४ वर्षीया महिलाको मृत्यु

current

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा घाँस काट्ने क्रममा बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीया सीता राईको मृत्यु भएको हो ।

रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।

शव दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ