पौडी खेल्न सेती नदीमा पसेका अमृतको शव ४५ दिनपछि भेटियो (भिडियो सहित)

पौडी खेल्न सेती नदीमा पसेका अमृतको शव ४५ दिनपछि भेटियो (भिडियो सहित)

amrit

पोखरा । गोरखा आरुघाट घर भएका अमृत थापा मगर पोखरा १६ दीपमा बस्दै आएका थिए । गत चैत २८ गते लकडाउनकै समयमा उनी माछा मार्ने भन्दै सेती नदि पुगे । त्यसबेलादेखि सेती नदिमा बेपत्ता भएका २४ वर्षीय अमृत ४५ दिन पछि मृत अवस्थामा भेटिएका छन् ।

पोखरा १ बगर पीएन क्याम्पसको तल सेती नदिको खोँचमा माछा मार्न गएका उनी पौडी खेल्न नदीमा पसेका थिए । त्यसबेला देखि बेपत्ता भएका अमृतको शव सशस्त्र प्रहरीको टोलीले निकालेको हो । सामान्य परिवारका उनी यातायात मजदुरका रुपमा काम गर्थे । उनी एक्ला छोरा हुन् । तीन दिदी, एक बहिनी छन् । उनको बुवाआमा बितिसकेका छन् । तीन दिदीको घरजम भइसकेको छ । अमृतले बहिनीलाई १२ सम्म पढाएका छन् । अहिले बहिनीको बिचल्ली भएको छ ।

वेपत्ता भएदेखि उनको खोजी कार्य भएपनि भेटाउन सकिएको थिएन । एपिएफको गोताखोर टोलीले खोजि गर्दा भेटाउन नसकेकोमा आज सोमबार दिउँसो १ बजे पोखरा १ र १६ को बिचमा पर्ने सेती नदिको खोँचमा पानीमा तैरिएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

उनी आफ्ना अन्य २ जना साथीहरुसँग सेती नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ