गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरे घर भएका ति ५१ वर्षीय पुरुषको अस्पतालको आकस्मिक कक्षमा उपचार गर्ने क्रममा आइतबार बेलुका नै मृत्यु भएको हो ।
भारतबाट नेपाल आएर क्वारेन्टिनमा बसेका उनको कोरोना जाँच गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि उनी घर फर्किएका थिए । आइतबार एक्कासी बेहोस भएपछि बेहोसी अवस्थामै उनलाई अस्पताल ल्याइएकोमा बेलुकी नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा भर्ना हुँदा स्याङ्जाको स्थानीय भनेर भनेकाले स्वास्थ्यकर्मीले कोरोना हुनसक्ने आशंका नगरेको र पीपीई समेत नलगाई अन्य बिरामी सरह उपचारमा खटिएकाले भारतबाट आएको थाहा भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मी त्रासमा छन् । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने जनप्रतिनिधि आफ्नै गाडीमा राखेर ल्याएको, पीसीआर रिपोर्ट नेगेटिभ आइसकेकाले डराउनुपर्ने कारण केही नरहेको जनाए ।
मृतक व्यक्तिको पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यद्यपी, विरामी मुटुरोगी भएको पनि खुलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै प्रमुख कोरोना विशेष अस्पताल बनाइएको छ । तर, कोरोना बाहेकका अन्य बिरामीको उपचार, ल्याबका कामहरु पनि सँगै भइरहेकाले जनस्तरमा कोरोनाका बिरामीका लागि छुट्टै ठाउँको व्यवस्था हुनुपर्ने माग जोडदार रुपमा गण्डकी सरकारसमक्ष गरिरहेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्