पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतबाट आएका स्याङ्जाका एक पुरुषको मृत्यु (भिडियोसहित)

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतबाट आएका स्याङ्जाका एक पुरुषको मृत्यु (भिडियोसहित)

Gandaki Hospital

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरे घर भएका ति ५१ वर्षीय पुरुषको अस्पतालको आकस्मिक कक्षमा उपचार गर्ने क्रममा आइतबार बेलुका नै मृत्यु भएको हो ।

भारतबाट नेपाल आएर क्वारेन्टिनमा बसेका उनको कोरोना जाँच गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि उनी घर फर्किएका थिए । आइतबार एक्कासी बेहोस भएपछि बेहोसी अवस्थामै उनलाई अस्पताल ल्याइएकोमा बेलुकी नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा भर्ना हुँदा स्याङ्जाको स्थानीय भनेर भनेकाले स्वास्थ्यकर्मीले कोरोना हुनसक्ने आशंका नगरेको र पीपीई समेत नलगाई अन्य बिरामी सरह उपचारमा खटिएकाले भारतबाट आएको थाहा भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मी त्रासमा छन् । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने जनप्रतिनिधि आफ्नै गाडीमा राखेर ल्याएको, पीसीआर रिपोर्ट नेगेटिभ आइसकेकाले डराउनुपर्ने कारण केही नरहेको जनाए ।

मृतक व्यक्तिको पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यद्यपी, विरामी मुटुरोगी भएको पनि खुलेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै प्रमुख कोरोना विशेष अस्पताल बनाइएको छ । तर, कोरोना बाहेकका अन्य बिरामीको उपचार, ल्याबका कामहरु पनि सँगै भइरहेकाले जनस्तरमा कोरोनाका बिरामीका लागि छुट्टै ठाउँको व्यवस्था हुनुपर्ने माग जोडदार रुपमा गण्डकी सरकारसमक्ष गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds