गत जेठ ११ गते पोखरा महानगरमा भएको सर्वपक्षीय बैठकको एउटा निश्कर्ष रह्यो, पोखरा महानगरलाई कोरोनाबाट सुरक्षित बनाउन बाह्य जिल्लाबाट तरकारी आयात नगर्ने । कास्कीमै उत्पादित तरकारीले देशकै ठूलो झण्डै ५ लाख जनसंख्या भएको पोखरा महानगरसहित पूरै जिल्ला धान्न सक्छ कि सक्दैन ? यसतर्फ कसैको ध्यान गएन ।
कास्कीमा कुनै जिल्लाबाट तरकारी भित्र्याउन नपाइने निर्णय गरेकोले सोहि अनुसार वडाअध्यक्षहरु लागिपरे । आफ्नो वडा बचाउन भन्दै अध्यक्षहरु हौसिएरै लागे । तर, बाह्य जिल्लाबाट आएका तरकारी उतै फर्काइदिएको भए पनि आलोचित हुनुपर्थेन । पोखरामा तरकारीको अभाव नै भएपनि पोखरेलीले यो विषम परिस्थितिमा जे छ उसैमा छाक टार्थे । तर, भान्सामा तरकारी नहुने, पसलमा भएका तरकारी छोइनसक्नुको महंगो, लकडाउन लम्बिएर आजित भइरहँदा भिडियोहरुमा वडा अध्यक्ष नै नेतृत्व गरेर डोजर बोलाएर खाल्डो खनेर आफ्नै स्वदेशको तरकारी गाडेको देखेपछि आक्रोश थामिसक्नु भएन । सामाजिक सञ्जालमा अत्यधिक विरोध सुरु भयो । पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, पोखरा ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यसँगै त्यस वडाहरुका जान्नेसुन्नेहरु विरुद्ध चर्को आक्रोश छ । कुनै प्रतिक्रियाहरु पनि उनीहरुले गरेको कामको पक्षमा छैनन् ।
गण्डकी प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ समेत सम्हालिन सकेनन् र राति पनि कडा शब्दमा असन्तुष्टि व्यक्त गरिरहे ।


तरकारी व्यापारीहरु पोखरा महानगरसमक्ष असन्तुष्टि नै व्यक्त गरे । र, बाह्य जिल्लाबाट तरकारी नल्याउने यो अव्यवहारिक निर्णयलाई पोखरा महानगरले सोमबार सर्वत्र आलोचना भएपछि फिर्ता लिएको छ । कोरोना भाइरस संक्रमण डर भन्दै आयातित फलफूल तथा तरकारी भित्राउन रोक लगाइएकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरेको हो ।
महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको छ ।

६ बुँदे सो सूचनामा फलफूल तथा तरकारीहरुको खरिद दररेट मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने, महानगरको कुन स्थानमा झार्ने हो सो खुलाउनुपर्ने, तरकारी वा फलफूलको सवारीसाधनमा चालक र सहयोगी गरी मात्र २ जनाभन्दा बढी चढाउन नपाइने उल्लेख छ ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु