कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, नेपालमा मृत्यु हुने संख्या ९ पुग्यो

कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, नेपालमा मृत्यु हुने संख्या ९ पुग्यो

Death 1

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए ।

उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो ।

यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds