पोखरा । पोखराको फेवातालमा डुबेर मृत्यु भएका एक युवकको एक महिनासम्म पनि पहिचान खुल्न नसकेको कास्की प्रहरीले जनाएको छ ।
गत बैशाख २६ गते दिउँसो साढे ४ बजेको समयमा फेवातालमा मृत अवस्थामा उनलाई भेटिएको थियो । पौडी खेल्दै गर्दा बेपत्ता भएका उनको करिव २ घण्टापछि शव फेला परेकोमा हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले उल्लेख गरेको छ ।
गहुँगोरो वर्णको आर्यन अनुहार भएको, ठिक्कको शरिर भएको, कालो लामो कपाल पालेको, हल्का दाह्री जुँगा पालेको अन्दाजी २२–२५ वर्षको जस्तो देखिने युवकको शव फेला परेकोले कोही आफन्त वा चिनजानको व्याक्ति भए जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न कास्की प्रहरीले आग्रह गरेको छ ।
उनलाई देख्नेहरुले किरण भनेर बोलाएको सुनिएको तर अरु केही थाहा नभएको बताएका छन् । ति युवक एक्लै टोलाएर हिँड्ने गरेको, मानसिक रुपमा एकोहोरो हो कि भन्ने शंका पनि गरिएको थियो ।
https://www.facebook.com/dpokaski/posts/2890583831011074
प्रहरीले मृतकको सनाखतको लागि आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ। जनप्रतिनिधिको रोहबारमा लाशजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पश्चिम क्षेत्रीय अस्पताल गण्डकीको शव गृहमै रहेको छ ।
सम्बन्धित समाचारः
फेवातालमा ३ दिनमा दुईको मृत्यु, सराङकोटका राजु आज मृत भेटिए, एकको पहिचान खुलेन (भिडियोसहित)
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर