कास्कीका ३ सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

कास्कीका ३ सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

Corona Trot Swap

पोखरा । कास्कीमा पनि कोरोना संक्रमण भएको ३ जना व्यक्ति भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमितहरुको जम्मा संख्या ७५ पुगेको छ ।

गण्डकी प्रदेशको कास्की संगै स्याङ्गजा, बागलुङ र नवलपुर जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेशमा शनिबार बिहान काेराेनाका १७ संक्रमित पुष्टि भएका छन् ।

स्याङ्जामा १०, बागलुङमा १, कास्की र नवलपुरमा ३/३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

कास्कीको पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष र रुपा गाउँपालिकाका वर्ष २३ र ३२ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङजाको वालिङ नगरपालिका वर्ष १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ का पुरुष त्यस्तै हरिनास गाउँपालिकाका वर्ष १८ र ४० का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाग्लुङको ताराखोला गाउँपालिकाका वर्ष ३९ का एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका वर्ष १८, १९ र २७ का तीन जना पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड-१९ का नयाँ पुष्टी भएका संक्रमितहरु लाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ