पोखरा । पोखराका कोराना संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनको सम्पर्कमा आएका व्यक्तिमा कोरोना भए नभएको पुष्टि गर्न आइतबार ३९ जनाको स्वाब संकलन गरिएको हो ।
कोरोना संक्रमित ६० वर्षीय पुरुष कानुन व्यवसायी भएकाले उनको सम्पर्कमा आउने अधिकांश कानुन व्यवसायी रहेको छ्न । आइतबार २९ पुरुष र १० जना महिला गरि कुल ३९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वाब संकलन गरि परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
काठमाडौँमा उपचाररत ती व्यक्तिमा कोरोना संक्रमण देखिए पश्चात स्वास्थ्य निर्देशानालय, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा नेपाल प्रहरीको संयुक्त समुहले खोजपड्ताल (कन्ट्याक ट्रेसिङ) सुरु गरेको थियो ।
पोखराका कोरोना संक्रमित गत मंगलबार पोखराको आलुमाइला चोकस्थित डेरामा बेहोस भेटिएका थिए । तत्काल गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्याइएकोमा थप उपचार गर्न सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।
काठमाडौं पुगेपछि स्वाब संकलन गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको थियो ।
कन्ट्याक ट्रेसिङका क्रममा औषधि व्यवसायीदेखि कपाल काट्नेसम्म संक्रमितको सम्पर्कमा आएको भेटिएको छ । सम्पर्कमा आएका सबै होम क्वारेन्टाइनमा रहेका छन् ।
यो पनि :
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु