पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ भने प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
उनको अस्पतालको प्रि-आइसोलेसन कक्षमा उपचार भईरहेको थियो । संक्रमित व्यक्तिलाई अहिले अस्पतालको आइसोलेसन कक्षमा राखेको छ ।
कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल (कन्ट्रयाक्ट ट्रेसिङ) शुरु भइसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा २६ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ३७ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष, गोरखाका ११ जना पुरुष तथा कास्कीका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्य बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

सम्बन्धित खबर
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित