पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले निकालेको विज्ञप्तीमा भने उमेर ५८ छ ।
ती वृद्ध लाई हिजो आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको मृत्यु यो नै पहिलो हो । कोरोना संक्रमण देखिनु अघि ती वृद्धको अस्पतालको प्रि-आइसोलेसन कक्षमा उपचार भईरहेको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि हिजो संक्रमित व्यक्तिलाई अस्पतालको आइसोलेसन कक्षमा राखेको थियो । कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल (कन्ट्रयाक्ट ट्रेसिङ) शुरु भइसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित मध्य बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
पोखराको सहिदचोकमा प्रहरीको पेट्रोल पम्प निर्माण रोक्न अन्तरिम आदेश
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
‘सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन’ – नागरिक समाज पोखरा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते