बागलुङको धौलागिरी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए

बागलुङको धौलागिरी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए

Dhaulagiri hospital

पोखरा । बागलुङको धौलागिरी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छ्न ।

कोरोनाबाट मुक्त भई निको भएर ४ जना घर फर्किएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोनको संक्रमण पुष्टी भई धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा उपचाररत तमानखोला गाउँपालिका वर्ष २७ र २७ का २ जना पुरुष र बडीगाड गाउँपालिका वर्ष १९ र २० का २ जना पुरुषहरु गरि कुल ४ जनाको नमुना संकलन गरि परिक्षण गर्दा नेगेटिभ (कोरोनको संक्रमण नभएको) आएकोले आज अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

गत १४ जेठमा अस्पताल भर्ना भएका थिए ।

बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यसअघि १९ वर्षकी युवती र ६५ वर्षे वृद्ध कोरोनामुक्त भएका थिए ।

साथै कोरोना संक्रमणको उपचार तथा ब्यबस्थापनमा अहोरात्र खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई स्वास्थ्य निर्देशनालयले धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै निर्देशनालयले अन्य कोरोना संक्रमितहरुलाई पनि उच्च मनोबलका साथै धैर्यता राख्न अनुरोध गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

आज मात्रै स्याङ्जाका ३ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन ।

गण्डकी प्रदेशभर निको हुनेको संख्या १० पुगेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds