पोखरा । बागलुङको धौलागिरी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छ्न ।
कोरोनाबाट मुक्त भई निको भएर ४ जना घर फर्किएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कोरोनको संक्रमण पुष्टी भई धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा उपचाररत तमानखोला गाउँपालिका वर्ष २७ र २७ का २ जना पुरुष र बडीगाड गाउँपालिका वर्ष १९ र २० का २ जना पुरुषहरु गरि कुल ४ जनाको नमुना संकलन गरि परिक्षण गर्दा नेगेटिभ (कोरोनको संक्रमण नभएको) आएकोले आज अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
गत १४ जेठमा अस्पताल भर्ना भएका थिए ।
बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यसअघि १९ वर्षकी युवती र ६५ वर्षे वृद्ध कोरोनामुक्त भएका थिए ।
साथै कोरोना संक्रमणको उपचार तथा ब्यबस्थापनमा अहोरात्र खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई स्वास्थ्य निर्देशनालयले धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै निर्देशनालयले अन्य कोरोना संक्रमितहरुलाई पनि उच्च मनोबलका साथै धैर्यता राख्न अनुरोध गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आज मात्रै स्याङ्जाका ३ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन ।
गण्डकी प्रदेशभर निको हुनेको संख्या १० पुगेको छ ।
त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ ।

सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने