पोखरामा युवाहरुको प्रदर्शनः स्वतन्त्र युवाको शान्तिपूर्ण, ‘उच्छृंखल समूह’ छिरेपछि उग्र (भिडियो/फोटो)

पोखरामा युवाहरुको प्रदर्शनः स्वतन्त्र युवाको शान्तिपूर्ण, ‘उच्छृंखल समूह’ छिरेपछि उग्र (भिडियो/फोटो)

Pkr Pradarshan (4)

Photo: LevelNext

‘स्वतन्त्र पोखरेली युवा’ समूहले पोखरामा विहीबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोनाले मुलुक आक्रान्त हुँदा क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने, आरडिटी बन्द गरी पीसीआर विधिको परीक्षण बढाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन भएको हो । काठमाण्डौ सहित मुलुकका प्रमुख शहरहरुमा स्वतस्फुर्त रुपमा युवाहरुले यस्तो प्रदर्शन सुरु गरेका छन् ।

पोखराको जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि सहिद चोकमा एक घन्टा मौन बसेर शान्तिपूर्ण रुपमा उनीरुले प्रदर्शन गरेका थिए । सयौंको संख्यामा उपस्थित युवाहरुले हातहातमा सरकारको विरोध तथा ध्यानाकर्षण स्वरुप विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले सांसदको भत्ता पाक्ने, जनताको भात नपाक्ने ? ‘आरडीटी परीक्षण रोक र पिसिआर परीक्षण बढाऊ’, ट्याक्स कसरी तिर्ने ?, ‘सरकारसँग थियो अलिकति आस, क्वारेन्टिनमा कुर्दाकुर्दै गयो सास’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

Photo: LevelNext

प्रधानमन्त्री, स्वास्थ्यमन्त्री विरुद्ध नेबिसंघको नाराबाजी

स्वतन्त्र पोखरेली समूहले आयोजना गरेको प्रदर्शन शान्तिपूर्ण रुपमै जारी थियो । बिहीबार बिहान ११ बजेदेखि प्रदर्शन सुरु भएको थियो । उनीहरुले १ घण्टा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । तर, अन्तिम समयमा उच्छृंखल भिड अराजक नाराबाजीका साथ अघि बढ्यो । मौन रुपमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुलाई प्रहरीले अवरोध गरेको थिएन । तर, उच्छृंखल जत्था अराजक तरिकाले नाराबाजीमा उत्रिएपछि प्रहरीले भिड तितरवितर बनाउन बल प्रयोग गर्न बाध्य भएको थियो ।

राष्ट्र बैंक चोकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध नाराबाजी गर्न थाले । ‘केपी … देश छोड’ , ‘अनपढ स्वास्थ्यमन्त्री राजिनामा दे’ लगायतका नारा लगाएर शान्तिपूर्वक प्रदर्शनमा उत्रेका समूहरुलाई पनि उनीहरुले बिथोले ।

दर्जनौंको संख्यामा उपस्थित भएका उनीहरुलाई रोक्ने क्रममा सामान्य झडपको अवस्था सिर्जना भएको थियो । युवालाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भएको कास्कीका प्रहरी प्रवक्ता ईन्स्पेक्टर नरहरि अधिकारीले गण्डकन्यूजलाई जानकारी दिए । उनले हुलहुज्जतको अवस्था आएको र बोत्तल/ढुंगा समेत प्रहार गर्न थालेपछि दुई जना नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । पक्राउ पर्नेमा बिमल बहादुर पहारी र प्रेमबहादुर केसी रहेका छन् ।

यो पनि पढ्नुहोस् :  वडाध्यक्षका छोरा वडा प्रहरीको हिरासतमा [भिडियोसहित]

Photo: Jukson.com

‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रममा हाम्रो बल प्रयोग होइन, आयोजककै भावना विपरित अर्को समूह आए । उनीहरुले तनाव निम्त्याउन थाल्यो र ढुंगा बोत्तल प्रहार गर्नेलाई पक्राउ गरेका हौं ।’ अधिकारीले भने । नेपाल विद्यार्थी संघ, कास्कीले भने अहिलेसम्म केही बोलेको छैन ।

https://www.facebook.com/gandaknews/videos/994213600995069/

राजनीतिक दलका युवाले गरेको अभद्र व्यवहारप्रति आयोजकद्वारा निन्दा

आयोजक समूहले आफूहरुको मौन प्रदर्शनमा राजनीतिक घुसपैठ भएको जनाएको छ । समूहले विज्ञप्ती प्रकाशित गरी प्रदर्शनको अन्तिम समयमा राजनीतिक दलसँग आबद्ध युवाहरु घुसेको प्रष्ट पार्दै निन्दा गरेका छन् ।

‘सरकारलाई कोभिड १९ को व्यवस्थापन संवेदनशील र जवाफदेही बनाउने उद्देश्यका साथ पोखराका स्वतन्त्र युवाहरु मिलेर गरेको मौन र शान्तिपूर्ण प्रदर्शनको अन्तिम घडीमा राजनीतिक दलसँग आवद्ध केही युवाहरुले गरेको अभद्र व्यवहारको हामी घोर निन्दा गर्दछौं । साथै, कार्यक्रमको मापदण्ड विपरित कार्य गर्ने उक्त युवाहरुको हामी आयोजकसँग कुनै सम्बन्ध नरहेको सम्पूर्णमा जानकारी गराउँछौ । र, यसबाट आम सहभागीमा पर्न गएको असुबिधाप्रति क्षमाप्रार्थी छौँ ।’ विज्ञप्तमिा उल्लेख छ ।

कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१ औं दिनमा आइपुग्दा कोरोना नियन्त्रण तथा रोकथाममा सरकार प्रभावकारी ढंगले अघि नबढेको भन्दै नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन भएको हो । पर्याप्त पिसिआर परीक्षण नभएको, क्वारेन्टिन व्यवस्थित नभएको र सरकारले गरेको खर्च पारदर्शी नभएको प्रदर्शनकारीको भनाइ छ । पोखरासहित काठमाडौं, चितवन, धरान, वीरगञ्जलगायत देशका विभिन्न ३० सहरमा नागरिकस्तरबाट शान्तिपूर्ण प्रदर्शन भएको जनाइएको छ ।

फेसबुकमा ‘कोभिड १९ नेपालः इनफ इज इनफ’ समूह बनाएर स्वतःस्फूर्त रूपमा प्रदर्शनहरु भइरहेका छन् । शहर शहरमा यो अभियानलाई सफल पार्न आयोजक कमिटि गठन गरिएका छन् । उनीहरूको फेसबुक पेजमा बिहीबारसम्म ९० हजारभन्दा बढी युवा आवद्ध भइसकेका छन्।

Photo: Jukson.com

Photo: Jukson.com

Photo: LevelNext

Photo: LevelNext

Photo: LevelNext

Photo: LevelNext

Photo: LevelNext

Photo: LevelNext

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ