किरण श्रेष्ठ, तनहुँ । तनहुँको दमौलीमा कोभिड–१९ नेपाल, इनफ इज इनफ ग्रुपको आयोजनामा शुक्रबार भएको प्रदर्शनमा सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गरेका प्रयास असफल भएको बताएका छन् ।

सरकारले गरिरहेको आरडीटि परीक्षणको औचित्य नदेखिएकाले लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन तनहुँको दमौलीका युवाहरु सडकमा उत्रेका हुन् ।

पीसीआर परीक्षणको दायरा बढाउन युवाको मुख्य माग रहेको छ ।
करिब एक घण्टा सडकमा प्लेकार्ड र नेपाली झण्डासहित उत्रिएकामा अधिकांश युवा, युवती थिए ।

तनहुँको दमौली स्थित सफासडकमा दोहोरो मानव साँग्लो बनाएर युवा हातमा विभिन्न नारा लेखिएको ब्यानरसहित मौन विरोधमा उत्रेका हुन् ।

‘हन्ड्रेड पर्सेन्ट पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसी’, ‘मिनिङलेस लकडाउन इज नट आन्सर’, ‘सरकार खै ? १० अर्बको हिसाब खै ?’, ‘कर केका लागि?’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा मौन जुलुसमा सहभागी भएका थिए ।

सरकार कोरोना नियन्त्रण गर्न सही बाटोमा हिंडोस् भनेर कार्यक्रमको आयोजना गरिएको मौन जुलुसका स्वंसेबी सागर घिमिरेले बताए ।

फ्रन्टलाइनमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतका लागि पनि कोरोनाबाट सुरक्षित हुने गरी आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध नभएको विकास श्रेष्ठले बताए ।

यसैले स्वस्फूर्त रुपमा १ सयभन्दा बढी युवा सरकारलाई दवाब दिन भेला भएको अर्का युवती केसिका श्रेष्ठले बताइन ।
कार्यक्रमा सहभागी युवाको उपस्थितिले सरकारले आफ्ना गलत रबैया हटाएर सही मार्गमा नहिंडे युवा आन्दोलित हुने अवस्था देखाएको कार्यक्रममा सहभागीले बताएका छन् ।

देशभरी नै युवाले दैनिक जसो प्रदर्शन गरिरहेका छन ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ