किरण श्रेष्ठ, तनहुँ । तनहुँको दमौलीमा कोभिड–१९ नेपाल, इनफ इज इनफ ग्रुपको आयोजनामा शुक्रबार भएको प्रदर्शनमा सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गरेका प्रयास असफल भएको बताएका छन् ।

सरकारले गरिरहेको आरडीटि परीक्षणको औचित्य नदेखिएकाले लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन तनहुँको दमौलीका युवाहरु सडकमा उत्रेका हुन् ।

पीसीआर परीक्षणको दायरा बढाउन युवाको मुख्य माग रहेको छ ।
करिब एक घण्टा सडकमा प्लेकार्ड र नेपाली झण्डासहित उत्रिएकामा अधिकांश युवा, युवती थिए ।

तनहुँको दमौली स्थित सफासडकमा दोहोरो मानव साँग्लो बनाएर युवा हातमा विभिन्न नारा लेखिएको ब्यानरसहित मौन विरोधमा उत्रेका हुन् ।

‘हन्ड्रेड पर्सेन्ट पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसी’, ‘मिनिङलेस लकडाउन इज नट आन्सर’, ‘सरकार खै ? १० अर्बको हिसाब खै ?’, ‘कर केका लागि?’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा मौन जुलुसमा सहभागी भएका थिए ।

सरकार कोरोना नियन्त्रण गर्न सही बाटोमा हिंडोस् भनेर कार्यक्रमको आयोजना गरिएको मौन जुलुसका स्वंसेबी सागर घिमिरेले बताए ।

फ्रन्टलाइनमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतका लागि पनि कोरोनाबाट सुरक्षित हुने गरी आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध नभएको विकास श्रेष्ठले बताए ।

यसैले स्वस्फूर्त रुपमा १ सयभन्दा बढी युवा सरकारलाई दवाब दिन भेला भएको अर्का युवती केसिका श्रेष्ठले बताइन ।
कार्यक्रमा सहभागी युवाको उपस्थितिले सरकारले आफ्ना गलत रबैया हटाएर सही मार्गमा नहिंडे युवा आन्दोलित हुने अवस्था देखाएको कार्यक्रममा सहभागीले बताएका छन् ।

देशभरी नै युवाले दैनिक जसो प्रदर्शन गरिरहेका छन ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?