गण्डकी प्रदेशमा संक्रमित संख्या १९२ पुग्यो, थप ४ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा संक्रमित संख्या १९२ पुग्यो, थप ४ जनामा कोरोना पुष्टि

kathmandu

पोखरा । गण्डकी प्रदेशका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरमा ४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १९२ पुगेको छ । शुक्रबार बर्ष १८, ३२, ५८ र ५९ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनीहरु चारै जना नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पुरुषहरु रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उनीहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ ।

आज शुक्रवार नै पर्बतका १३ जना पुरुष, स्याङ्जाका २२ जना पुरुष , तनहुँका १ जना पुरुष र नवलपुरका १ जना गरी ३७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४० जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ४ जना पुरुष, पर्वतका २२ जना पुरुष, गोरखाका १४ जना पुरुष र १ महिला तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ रहेको छ । मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ