पोखरा । धुम्बाराहिस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले कोरोना (कोभिड-१९) संक्रमितको सफल उपचार गरेको छ ।
पोखरामा प्राध्यापन र वकालतमा क्रियाशील ६० वर्षे ती पुरुषलाई जेठ २० गते पोखराबाट हेलिकोप्टरमा काठमाडौं लगिएको थियो । पोखराको आलुमाइला चोक नजिकै बस्ने उनी बिहान कोठामा अचेत अवस्थामा भेटिएका थिए ।
कास्की पोखराका ६० वर्षिय पुरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरि गत जेठ २० गते यस अस्पतालमा भर्ना भएका थिए ।
नेपालमा पहिलो पटक कोभिड १९ संक्रमित विरामीको भेन्टिलेटरमा राखेर सफल उंंपचार गरि आज जेठ ३० गते डिस्चार्ज गरिएको जानकारी ह्याम्सले गराएको छ ।
उनलाई काठमाडौं पुर्याउन हेलिकोप्टरमै काठमाडौं गएर फर्केका २ सहित ती पुरुषको सिधा सम्पर्कमा आएका ३९ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आइसकेको छ ।
अस्पतालको अत्याधुनिक सघन उपचार कक्ष (आइसीयु) मा भेन्टिलेटरमा राखेर उनको उपचारमा तल्लिन सम्पुर्ण चिकित्सक, नर्स लगायत प्यारामेडिक्सका साथै व्यवस्थापनमा संलग्न चुस्त दुरुस्त व्यवस्थापकीय टिमको सहयोग, सहकार्य र समन्वयका कारण उपचार गर्न सफल भएकोमा गौरवान्वित भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
यस अस्पतालको सेवालाई विश्वास गरि उपचार गराउन मन्जुरी दिने विरामी र परिवार प्रति पनि अस्पतालले आभार प्रकट गरेको छ । उपचारका क्रममा अहोरात्र खटिएका कर्मचारी प्रति पनि अस्पतालले धन्यवाद व्यक्त गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर कोभिड १९ संक्रमितको उपचार गरिएको अस्पतालले जनाएको छ ।
कोभिड १९ का साथै अन्य समस्या देखा परेका सम्पूर्ण विरामीको उपचार गर्नु सबैको दायित्व भएको महसुस गरेको र अहिलेको विषम परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रवाह गर्ने दायित्व प्रति निरन्तर रुपमा प्रतिबद्ध रहेको अस्पतालले जनाएको छ ।
यस अस्पतालमा सेवा लिन चाहने सेवाग्राहिका साथै सम्पूर्ण जनमानसलाई निर्धक्क भएर सेवा लिन अस्पतालले आव्हान पनि गरेको छ । भविष्यमा कोभिड १९ को साथै अन्य विरामीको लागि पनि विभिन्न सेवाहरु सुचारु रहेको आम जनसमुदायमा जानकारी गराएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प