यस्तो हालतमा भेटिएका थिए सुशान्त, म्यानेजरले पनि ६ दिन अघि मात्रै आत्महत्या गरेकी थिइन्

यस्तो हालतमा भेटिएका थिए सुशान्त, म्यानेजरले पनि ६ दिन अघि मात्रै आत्महत्या गरेकी थिइन्

SushantSingh Rajput

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको खबरले यतिबेला बलिउड शोकमग्न छ। पवित्रा रिश्ता सिरियल हेरेका नेपाली गृहणी, उनका फिल्म हेर्ने नेपाली युवायुवतीले पनि सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् ।  ३४ वर्षीय यी स्टार अभिनेताले बान्द्रास्थित आफ्नै घरमा आइतबार दिउँसो आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनी अपार्टमेन्टको छैँटौँ तलामा झुन्डिएको अवस्थामा भेटिएका थिए। तर प्रहरीले भने अहिलेसम्म उनको कुनै सुसाइट नोट फेला पारेको छैन।

सुशान्तकी पूर्व म्यानेजर दिशा सलियानले ६ दिनअघि आत्महत्या गरेकी थिइन्। सलियान पनि केही समययता डिप्रेसनमा रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। सलियानको निधनमा सुशान्तले दुख व्यक्त गर्दै मर्माहत भएको उल्लेख गरेका थिए। सुशान्त लकडाउन यता घरमा एक्लै थिए । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए । उनको अन्तिम रातमा उनीसँग केही साथीहरू पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै बताएका छन् ।

१० दिनअघि उनले इन्स्टाग्राममा आमासँगको फोटो पोष्ट गरेका थिए। उनकी आमाको सन् २००२ मा निधन भएको थियो। दिवंगत आमा र आफ्नो तस्विर ब्ल्याक एन्ड ह्वाइट बनाएर इन्स्टाग्राममा गरिएको पोष्टमा उनले आमाबारे उल्लेख गरेका थिए। एक पंक्तिमा उनले लेखेका छन्- ‘छोटो समयमै सकिने जीवन’

अंग्रेजीमा उनले लेखेका हरफको सार यस्तो थियो-

आँशुका थोपाहरूबाट वाष्पीकरण भइरहेको
मुस्कानका लागि लालायित कहिल्यै अन्त नहुने सपनाहरू
र एक क्षणभंगुर जीवन
यी दुई बीच सम्झौता गर्दै…

टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका सुशान्त सिंह राजपूतले पछिल्लो समय बलिउडमा आफ्नो बलियो उपस्थिति बनाएका थिए। सात वर्षे फिल्मी करिअरका सुशान्त त्यस्ता अभिनेता रहे जसले जम्मा १२ मात्रै ठूलो पर्दाका सिनेमा खेल्दा धेरै सफलता हात पारे।

‘पवित्रा रिश्ता’ बाट चर्चित

सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए । सुशान्तले सन् २००८ मा स्टारप्लसको ‘किस देश मे हैं मेरा दिल’ टेलिभिजन कार्यक्रमबाट अभिनय सुरु गरे । त्योसँगै टेलिभिजन कार्यक्रमहरु ‘जरा नचके देखा ले’ र ‘झलक दिखला जा’ मा पनि देखिएका थिए।

सन् २००९ मा उनी जिटिभीको ‘पवित्र रिश्ता’बाट निकै चर्चा पाएका थिए।  अंकिता लोखंडेसँग उनको जोडी चर्चित रह्यो। ‘मानव’ का रुपमा चिने उनलाई ‘सुशान्त’ भन्दा पनि ।

‘कोई पो चे’ डेब्यू फिल्म

फिल्म ‘कोइ पो चे’बाट सुशान्तले बलिउडमा डेब्यू गरे।उनले आमिर खानको चलचित्र ‘पीके’मा पनि काम गरेका थिए। महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मा मुख्य भूमिका निर्वाह गरे ।  उत्कृष्ट अभिनयका लागि उनले फिल्म फेयर अवार्ड समेत पाएका थिए। ‘केदारनाथ’, ‘छिछोरे’ ‘शुद्ध देसी रोमांन्स’, ‘पीके’, राबता’, ‘वेलकम टू न्यूयोर्क’, ‘राबता’, ‘वेलकम टू न्यूयोर्क’, ‘केदारनाथ’, ‘सोन चिडिया’, ‘ड्राइव’ जस्ता फिल्ममा देखिए। २०१९ मा जैकलिन फर्नान्डेजसँग फिल्म ‘ड्राइव’ मा उनी अन्तिम पटक देखिएका थिए।

अन्तिम फिल्म रिलिज हुँदै

नको अन्तिम फिल्म ‘दिल बेचारा’ रिलिज हुन बाँकी छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको हो ।

उनको जिवनयात्रा

सुशान्तको जन्म एक मध्यमवर्गीय परिवारमा सन् १९८६ जनवरी २१ मा बिहारको पटनामा भएको थियो। विहारको सानो गाउँमा जन्मेर पनि बलिउडमा ठूलो यात्रा तय गर्नु उनका लागि कठिन थियो । उनी मेहेनेती थिए ।उनले लामो संघर्षपछि बलिउडको यात्रा तय गरेका थिए। उनको परिवारले अहिले पनि बिहारको पूर्णिया जिल्लामा खेती किसानी गर्दै आएका छन्।

उनी आफ्नो परिवारमा सबैभन्दा कान्छा थिए । उनका ४ दिदीमध्ये एकजनाको निधन भइसकेको छ । उनकी बहिनी मीतू सिंह राज्य स्तरीय क्रिकेट खेलाडी हुन्।

सुशान्त पढन्ते पनि थिए । निकै मेहनेत गर्ने सुशान्तले पढाइ चाहिँ बीचमै छोडेका थिए । उनले इन्जिनियरिङ अध्ययन गरे। तर आफ्नो अभिनयप्रतिको रुचिका कारण पढाइ पूरा गर्न भने सकेनन्। उनले सुरुवातमा डान्सरको रुपमा काम गरे। त्यसपछि ‘किस देश मे है मेरा दिल’ नामक सिरियलमा उनले पहिलो पटक अभिनयका लागि मौका पाए र कलाकारिता क्षेत्रमा उनको यात्रा अघि बढेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ