नवलपुरका थप १ जनामा कोरोना, गण्डकी प्रदेशमा संक्रमितको संख्या २०५ पुग्यो

नवलपुरका थप १ जनामा कोरोना, गण्डकी प्रदेशमा संक्रमितको संख्या २०५ पुग्यो

Corona update 1

नवलपुर । नवलपुरका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुर (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनलाई नवलपुरको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आज मात्रै तनहुँको घिरिङ गाउँपालिकाका ५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ