पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) की प्याथोलोजिष्ट डा. मोनी सुवेदी झण्डै ३ महिनादेखि अस्पतालमा समय र शरीर नभनी खटिएकी छन् । उनीसँगै स्वाब संकलन तथा ल्याब सामग्री व्यवस्थापनमा ल्याब टेक्निसियन शंकर भण्डारी, सन्दीप पोखरेल खटिएका छन्।
कोरोना परीक्षण तर्फ भने वीर अस्पतालबाट आएका जिनेटिक वैज्ञानिक श्रीराम बास्तोला, प्रदेशबाट मेडिकल ल्याब टेक्नोलोजिष्ट संगीता पौडेल, सुभद्रा दुलाल, अस्पतालका महेश्वर पोखरेल र सिर्जना देवकोटा खटिएका छन्। उनीहरू सुरूदेखि नै कोरोना परीक्षण गर्न ल्याबमा खटिएका छन्। उनीहरुको बिदाको समयमा अस्पतालले अन्यलाई खटाएको छ ।
डा. मोनी सुवेदी सिनियर डाक्टर हुन् । तर, उनी आफै स्वाब संकलनमा समेत खटिँदै आएको भनेर चर्चा सुरु भएको छ । बुधबार मात्रै ५९ जनाको (५० जना अस्पतालमा आएका र ९ जना कोरोना संक्रमित) नमुना संकलन भएको छ । आफू सिनियर हुँ, सिनियरले स्वाब संकलन गरेर बस्ने काम होइन नभनी उनले तल्लो तहका सहकर्मीसँगै मिसिएर काम गर्दै आएकाले उनको वाहवाही सुरु भएको हो । उनी आफै स्वाब संकलनमा अग्रसर हुन्छिन् र सिनियर जुनियर नभनी अन्य साथी सरह नै काममा खटिन्छन् ।

डा. मोनी सधैंजसो ल्याबमै ब्यस्त हुन्छिन् । पीपीई लगाएर घण्टौं काम गर्न असाध्यै असहज हुने उनको भनाई छ । जोखिम भए पनि सावधानी अपनाए बच्न सकिने तर धेरैजना संक्रमितको स्वाब लिन डार मान्ने कारण यसको व्यवस्थापन गर्न कठिनाई भइरहेको उनले स्वास्थ्य निर्देशनालय गण्डकीको फेसबुक कमेन्टमै उल्लेख गरेकी छन् ।
https://www.facebook.com/shankarbhandari293/posts/3565741550121337
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो