काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।
आज पीसीआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए ।
यस्तै आरडिटी विधिबाट आज ५ हजार ९ सय २९ गररी २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन् ।
७ हजार ७ सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।
सम्बन्धित खबर
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ