तनहुँँ । पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ऐना पहरामा पहिरो खसेको छ । सुक्खा पहिरोका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार रातिदेखि पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन रोकिएका छन् । बिहान देखि आँबुखैरेनी-मुग्लिन सडकखण्ड अबरुद्ध बनेछी हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

ऐना पहरा नजिकै सडकमाथिबाट खसेको पहिरो हटाउने कार्य सुरु भएको छ । सडक माथिबाट निरन्तर ढुंगा खसिरहेकोले सडकबाट पहिरो हटाउन समस्या भएको थियो ।
बिहान साढे ६ बजे खसेको पहिरोको कारण पूर्ण रुपले अवरुद्ध बनेको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा मुग्लिन र डुम्रेबाट आएको डोजरले पहिरो हटाउने कार्य सुरु गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

प्रहरीले पहिरो हटाउन अझैं ३ देखि ४ घण्टा लाग्ने बताएपनि ढुंगा नखस्ने हो भने सो समय भन्दा छिटो पहिरो हटाउन सकिने डोजर चालकले बताएका छन् ।

पहिरो हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ । वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो गएर बाटो अबरुद्ध हुन सुरु भएको छ ।
सम्बन्धित खबर
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला