तनहुँ । तनहुँका थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ७ जना पुरुष र २ जना महिलामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका ३१, ४४, २२, ५३, ४५, २० र २९ वर्षका पुरुष त्यस्तै २३ र ३४ वर्षका महिलामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा पठाउने तयारी भईरहेको म्याग्दे गाउँपालिकाले जनाएको छ ।
म्याग्दे गाउँपालिकाको वडा नम्बर ७ स्थित ३ वटा क्वारेन्टाइनमा बसेकाहरुमा आज बिहिबार एकैदिन संक्रमण पुष्टि भएको हो ।
म्याग्दे-७ स्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनका ६ जना, मिलिजुली आधारभूतका २ जना र सरस्वती आधारभूतका १ जना गरि कुल ९ जनामा कोरोना संक्रमण पुष्टि भाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए ।
उनीहरु सबै संक्रमित भारतबाट फर्किएका हुन् । गत असार ४ गते उनीहरुको थ्रोट स्वाब लिइएको थियो । तनहुँको म्याग्दे गाउँपालिकामा पहिलो पटक संक्रमण देखिएको हो ।
आज पुष्टि भएका कोरोना संक्रमितलाई दमौलीको आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा राख्ने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिए ।
‘हामि संक्रमितहरु लाई लिन जादै छौ ।’ प्रमुख घिमिरेले भने ‘सबैलाई दमौलीको आइसोलेसनमा लैजाने तयारी हुदैछ ।’
योसंगै तनहुँमा संक्रमितको संख्या १ सय पुगेको छ । जसमध्ये ९ जना निको भएर घर फर्किसकेका छ्न ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १०० जना पुगेको छ भने ९ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला