काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए ।
हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।
कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । जसमा महिला १ हजार १ सय ४२ र पुरुष १ हजार २० जना रहेका छन् ।
बिहीबार महिला ४८ र पुरुष ३ सय ८६ गरी ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।
गत २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ ।
अहिले देशभरीका क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन् ।
बिहीबार महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज भएको उनले बताए ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु