पोखरासहित गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, गण्डकीमा संक्रमित संख्या ८५४ पुग्यो

पोखरासहित गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, गण्डकीमा संक्रमित संख्या ८५४ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ केस भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको प्रेस विज्ञप्ति उक्त जानकारी दिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला,र ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कूल संक्रमितको संख्या ८५४ पुगेको छ ।

नयाँ पुष्टि भएका संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ