गण्डकी प्रदेशका थप १७ जनामा कोरोना पुष्टि, कुल संक्रमित ९ सय ६६ पुग्यो

गण्डकी प्रदेशका थप १७ जनामा कोरोना पुष्टि, कुल संक्रमित ९ सय ६६ पुग्यो

Corona Update1

पोखरा । गण्डकी प्रदेशका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् ।

साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् ।

जसमध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् । एकजना मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् ।

त्यस्तै, मंगलबार नै कोरोना संक्रमण पुष्टि हुनेमा तनहुँका ५ जना छन् ।

व्यास नगरपालिकाका २०, २७ र ३२व्यास नगरपालिकाका २०, २७ र ३२ वर्षका ३ जना पुरुष छन् भने २७ र ३६ वर्षका २ जना महिला रहेका छन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ३ जनामा संक्रमण भेटिएको छ ।

बेसीशहर, मस्र्याङ्दी र मध्यनेपाल नगरपालिकाका उनीहरु ३ जना नै महिला हुन् ।

त्यस्तै, स्याङ्जा पुतलीबजारका ३० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ जना पुगेको छ ।

जसमध्ये २ जनाको कोरोना उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २ सय १४ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ