पोखरा । गण्डकी प्रदेशका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् ।
साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ ।
मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् ।
जसमध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् । एकजना मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् ।
त्यस्तै, मंगलबार नै कोरोना संक्रमण पुष्टि हुनेमा तनहुँका ५ जना छन् ।
व्यास नगरपालिकाका २०, २७ र ३२व्यास नगरपालिकाका २०, २७ र ३२ वर्षका ३ जना पुरुष छन् भने २७ र ३६ वर्षका २ जना महिला रहेका छन ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ३ जनामा संक्रमण भेटिएको छ ।
बेसीशहर, मस्र्याङ्दी र मध्यनेपाल नगरपालिकाका उनीहरु ३ जना नै महिला हुन् ।
त्यस्तै, स्याङ्जा पुतलीबजारका ३० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ जना पुगेको छ ।
जसमध्ये २ जनाको कोरोना उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २ सय १४ छ ।

सम्बन्धित खबर
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण