तनहुँको सत्रसयमा बहिनी जिस्काएको भन्दै दाजुले गरे खुकुरी प्रहार: २ युवक घाइते, टाउकोमा चोट

तनहुँको सत्रसयमा बहिनी जिस्काएको भन्दै दाजुले गरे खुकुरी प्रहार: २ युवक घाइते, टाउकोमा चोट

khukuri-prahar

तनहुँ । तनहुँको सत्रसयमा खुकुरी प्रहारबाट २ जना युवक घाइते भएका छन् । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा मंगलबार साँझ ७ बजेको समयमा स्कुल लाईनमा आफ्नो बहिनी जिस्काएको निहुँमा स्थानीय सुमन श्रेष्ठले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहार गर्दा आँबुखैरेनी–१ सत्रसयका १९ वर्षिय सुदिप मगर र १५ वार्षिय दिप्सन मगर घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका मध्ये दिप्सन मगरलाई चितवन मेडिकल कलेजमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

घाइते सुदीप मगरको टाउमा चोट लागेको र अवस्था अलि जटिल भएकाले उपचार भईरहेको प्रहरी निरिक्षक विकाश थापाले जानकारी दिए । खुकुरी प्रहार गर्ने सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

यता केटा पक्षले भने केटा केटिले एक अर्कालाई माया गर्ने र प्रेम सम्बन्धमा रहेको बताएका छन् । मंगलबार साँझ केटा र केटि कुरा गरिरहेको बेला केटिको दाई र बुबा आएका उक्त २ जना युवकलाई खुकुरी प्रहार गरेको केटापक्षका एक युवाले बताए । उनले भने ‘केटालाई सम्झाएर पठाएको भए यो अवस्था आउने नै थिएन ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ