पोखराका ३ जनासहित गण्डकीका थप १२ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १००६ पुग्यो

पोखराका ३ जनासहित गण्डकीका थप १२ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १००६ पुग्यो

Corona

पोखरा । पोखराका ३ जनासहित गण्डकी प्रदेशका थप १२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको कूल संख्या १ हजार ६ पुगेको छ ।

पोखरा महानगरपालिकामा ३ पुरुष, लमजुङमा ७ र लमजङमा कार्यरत बाहिरी जिल्लाका ३ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस्तै नवलपुरमा पनि एक नयाँ संक्रमित थपिएका छन् ।

पोखरामा थपिएका संक्रमितमध्ये तीनै जना पुरुष भएको निर्देशनालयले जनाएको छ । यस्तै, लमजुङकोे राइनाशका २७ वर्षिय पुरुष, सुन्दरबजारका ५५ वर्षिय पुरुष, दुधपोखरीका दुई पुरुष, बेशींसहरका दुई पुरुष, क्होलासोथरका १ पुरुष रहेका छन् ।

यसैगरि, लमजुङमै कार्यरत रहेका कोल्हवी नगरपालिका बारा घर भएका एक महिला र एक पुरुष तथा लमजुङमै कार्यरत भानु नगरपालिका तनहुँ घर भएका एक पुरुष रहेका छन् ।

यस्तै नवलपुरको गैंडाकोट नगरपालिकामा एक पुरुष संक्रमित फेला परेका छन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १२ जना संक्रमित रहेको छ भने २ जना बागमती प्रदेशको रहेका छ्न । सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निको हुनेको संख्या २ सय ८७ पुग्यो

यसैगरी बाग्लुङका ६८ जना, गोरखाका ३ जना, लमजुङका २ गरि मंगलबार ७३ जना कोरोनको संक्रमणबाट निको भई घर फर्किएका छ्न । योसंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २ सय ८७ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ