तनहुँ भानुको चुँदी खोलामा पौडी खेल्दा डुबेर युवतीको मृत्यु

तनहुँ भानुको चुँदी खोलामा पौडी खेल्दा डुबेर युवतीको मृत्यु

paudi

तनहुँ । तनहुँको भानु नगरपालिकास्थित चुँदी खोलामा बुधबार दिउँसो डुबेर एक महिलाको मृत्यु भएको छ।

भानु नगरपालिका–१ बस्ने २२ बर्षकी तिलकुमारी गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

खोलामा डुबेपछि स्थानीयले उद्दार गरी लक्ष्मी अस्पताल ल्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि सदरमुकामको दमौली अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ