मुस्ताङका ८३ वर्षे वृद्धले जिते काेराेना, हिमाली जिल्ला मुस्ताङ पनि काेराेना मुक्त

मुस्ताङका ८३ वर्षे वृद्धले जिते काेराेना, हिमाली जिल्ला मुस्ताङ पनि काेराेना मुक्त

Mustang 1st corona case discharge

मुस्ताङ । मुस्ताङका ८३ वर्षे वृद्धले काेराेना जितेका छन् । गत असार ६ गते काेराेना पुष्टि भएका ८३ वर्षे वृद्ध पुरुष निकाे भएर घर फर्केसँगै मुस्ताङ काेराेना मुक्त भएकाे हाे ।

गत जेठ ३१ गते काठमाडाै‌ंकाे बाैद्धबाट २० जनाकाे समूहमा मुस्ताङ आएका ती वृद्धमा आरडिटी पाेजेटिभ आएपछि स्वाब परीक्षण गर्दा पनि पाेजेटिभ आएकाे थियाे ।

उनी घरपझाेङ १ छैराेस्थित तिब्बती शरणार्थी क्याम्पका बासिन्दा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएकाे छ ।

संक्रमण पुष्टि भएपछि ती वृद्धलाई जाेमसाेमस्थित आइसोलेसन कक्षमा राखिएकाे थियाे । उनकाे सुसारका लागि ज्वाइँ पनि सँगै बसेका थिए ।

सँगै बसेकाे ज्वाइँमा भने काेराेना देखिएन । मुस्ताङ जिल्ला मंगलबारबाट काेराेनामुक्त भएकाे छ ।

उनीसँगै आएका सवारी चालकसहित २३ जनामा पनि काेराेना नदेखिएकाे स्वास्थ्य कार्यालय मुस्ताङले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ