तनहुँको बरादीमा करेन्ट लागेर ७४ वर्षीया वृद्धाको मृत्यु

तनहुँको बरादीमा करेन्ट लागेर ७४ वर्षीया वृद्धाको मृत्यु

current

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।

बुधबार साँझ ५:४५ बजेको समयमा कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर ७४ वर्षिया मोती माया पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते भएकी पन्तको उपचारको लागि मुग्लिन हाईवे अस्पतालमा लैजाने क्रममा बाटोमा नै ज्यान गएको स्थानीय रबिन्द्र अधिकारीले जानकारी दिए ।

महिलाको शव दमौली स्थित दमौली अस्पतालमा पोस्टमार्टमका लागी पठाइएको इकाई प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ