गोरखा । गोरखामा कोरोनाका कारण शनिवार ज्यान गुमाएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरे लगतै बिहानैदेखि स्थानीयहरु भेला भएर विरोध गरेका थिए । बस्ती नजिक परेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् ।
नेपाली सेनाको शव व्यवस्थापन टोलीले शनिबार दिउँसो सहिद लखन गाउँपालिका–१ को लुदीखोला दोभानमा शव व्यावस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
अहिले शव व्यवस्थापनको लागि खाल्डो खन्ने काम भइरहेको र केही समयपछि शव व्यवस्थापन गरिने स्थानीय राजेन्द्र न्यौपानेले बताए ।
उनले गोरखा नगरपालिकाभित्र खाली जमिन नभएपछि शहिद लखन गाउँपालिकाको लुदीखोला दोभानमा शव व्यवस्थापन गर्न लागिएको बताए ।
१० घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीको भनाइ छ ।
कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनी मधुमेह पीडित थिए ।
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई जरिवाना
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम