पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
लमजुङको बेेेेसिसहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २/२ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरू सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ११३ पुगेको छ ।
जसमध्ये ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
पोखरामा उपचारका क्रममा स्याङ्जाका २ जना, गोरखाका एकजना र आइतबार बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
गण्डकी प्रदेशभरि कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनको संख्या २९७ छ ।

सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा